नियम ८४
समूह तथा उप समूहको परिवर्तन
(१) नेपाल सरकारलाई आवश्यक भएमा देहाय
बमोजिमको योग्यता पूरा गरेका कर्मचारीलाई निज बहाल रहेको सेवाको एक समूह वा
उपसमूहबाट सोही सेवा अन्तर्गतको अर्को समूह वा उपसमूहको समान स्तरको पदमा
लोक सेवा आयोगको सिफारिसको आधारमा समूह वा उपसमूह परिवर्तन गर्न सकिनेछ ः-
(क) परिवर्तन हुने समूह वा उपसमूहको पदको लागि निर्धारित
आवश्यक न्यूनतम योग्यता प्राप्त गरेको,
(ख) एक समूह वा उपसमूहबाट अर्को समूह वा उपसमूहको सातौ
तह वा सो भन्दा माथिको पदमा परिवर्तन हुने भए सो समूह र
उपसमूहसँग सम्बन्धित विषयमा स्नात्तकोत्तर उपाधि प्राप्त गरेको,
(ग) हाल बहाल रहेको समूह वा उपसमूहको पदमा कम्तीमा तीन
वर्षको सेवा अवधि पूरा भएको ।
(२) समूह वा उपसमूह परिवर्तन गर्न चाहेमा लिखित परीक्षा र अन्तर्वार्ताको
आधारबाट लोक सेवा आयोगबाट सिफारिस गरिएका व्यक्तिको समूह वा उपसमूह
परिवर्तन गरिनेछ ।